Exclusive News
Sunday, 8 Nov, 2020
माधव नेपालसँग ओलीको हारगुहार
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले पार्टी चिरा पर्न लागेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन् ।
पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेकाले मिलेरै जान प्रधानमन्त्री ओलीले नेपालसँग सहयोग मागेका थिए । ओलीले पार्टीको हालत यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नुअघिकै अवस्थामा पुगेकाले संकटबाट पार लगाउन आपूmलाई सहयोग गर्न नेपालसँग अनुरोध गरको बालुवाटार स्रोतले बतायो ।
नेता नेपालले भने पार्टी यो अवस्थामा पुग्नुमा ओली नै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोक्न जोड दिएका थिए ।







