Breaking News
Friday, 6 Nov, 2020
बेलायती नौसेनामा नेपाली महिलाको इन्ट्री
नेपाली महिला पहिलोपल्ट बेलायती नौसेना ‘रोयल नेभी’ मा आबद्ध भएकी छिन् । नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आबद्ध भएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
११ महिने सन्तानकी आमा उनले नौसेनामा आवद्ध हुन कडा परिश्रम गर्दै कठिन परीक्षण पार गरेकी हुन् । उषाका अनुसार उनका बुबा र भाइ गोर्खा सैनिक हुन् । उषाले आफ्ना पिताको प्रेरणा र हौसलाका कारण नौसेनामा आबद्ध भएको बताइन् ।
नौसानाका जागिरे उनका श्रीमान मुख्य चेफको रुपमा काम गर्छन् । वर्षौयता बेलायतमा नेपाली गोर्खाले सेवा गर्दै आएका छन् । सन् २००९ यता नेपालका सेवानिवृत्त गोर्खाहरूले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन् ।







