Exclusive News Tuesday, 20 Oct, 2020
Prestige Media

कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री र दाहाल सचिवालयका फरक–फरक प्रेस नोट

कर्णाली प्रदेशमा देखिएको विवाद समाधानबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नै विवाद देखिएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच मंगलबार भएको छलफललाई समेत दुवै पक्षले फरक ढंगले व्याख्या गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षका बीचमा चार बुँदे सहमति भएको भनेर प्रेस नोट निकालेको केही बेरमै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा खण्डन गरेका छन्।
सापकोटाले जारी गरेको प्रेस नोटमा दुई अध्यक्षबीचमा कर्णाली प्रदेशको विषयमा छलफल भएको र यसबारे निर्णय गर्ने जिम्मेवारी प्रदेश पार्टी कमिटी तथा प्रदेश सरकारलाई दिने समझदारी भएको उल्लेख छ ।
‘नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो,’ सापकोटाले भनेका छन्, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने दुई अध्यक्षबीचमा भएको सहमतिका बुँदा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
थापाले सार्वजनिक गरेको ४ बुँदे सहमतिमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउन गरेको निर्णय बदर गर्ने र प्रमुख सचेतकमा नियुक्त सीता नेपालीलाई पूर्ववत् रुपमा सचेतक कायम गर्ने रहेको छ ।
त्यस्तै, मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह तथा समझदारीका साथ आवश्यक निर्णय लिने भनिएको छ । यसबारे कतिपय सञ्चारमाध्यममा आएजस्तो गरी छलफल र सहमति नभएकोसमेत थापाले स्पष्ट पारेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL