Exclusive News Thursday, 8 Oct, 2020
Prestige Media

अर्थतन्त्रमा कोरोना प्रभाव नेपालको आर्थिक वृद्धि सन् २०२१ मा ०.६ प्रतिशतमा सीमित हुने अनुमान

विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनअनुसार कोरानाका कारण गरिएको लकडाउनले यस क्षेत्रको आर्थिक गतिविधि प्रभावित भएको देखिएको छ । पर्यटन क्षेत्रमा भएको ठूलो क्षतिका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ०.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै खराब मन्दीमा डुबेको छ । यसले अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् भने लाखौं मानिस चरम गरिबीमा धकेलिँदै छन् ।
पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशत हाराहारी रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आकलनसहितको उक्त प्रतिवेदनले तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ ।
सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने प्रतिवेदनको अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । विप्रेषणमा आएको गिरावटका कारण अति विपन्नले आयस्रोत गुमाउने अवस्था रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
‘महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसलाई सबैभन्दा गम्भीर असर पर्ने अनि उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।
नेपालमा अनौपचारिक व्यवसायमा करिब ५० प्रतिशत उद्यम पर्छन् भने यी उद्यम अधिकांश श्रमजीवीको कमाइको मुख्य स्रोत हो ।
यो समूहमध्ये सहरी अनौपचारिक क्षेत्रका कामदार र सहरी क्षेत्रका स्वरोजगार परिवार सबैभन्दा बढी जोखिममा रहेको विश्व बैंकले औंल्याएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL