Breaking News Friday, 25 Sep, 2020
Prestige Media

एसिड आक्रमणकारीलाई आजन्म कैद सजाय

सरकारले एसिड आक्रमणको कारण मृत्यु भए दोषीलाई थप सजायसहितको नयाँ प्रावधान ल्याएको छ । सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि कानुनी रुपमा कार्यान्वयनमा आउनेछ ।
अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको हो ।
आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनांगमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्बन्धितलाई नलागे ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’ मा मुद्दा चलाइनेछ । कसुर प्रमाणित भए १० वर्षसम्म कैद सजाय हुन सक्ने संशोधित ऐनमा व्यवस्था छ ।
दुवै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भए, दुवै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भए, नाक जले वा क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भए, महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भए वा कसैको यौनांग जली वा क्षति भई नासिए यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना लाग्नेछ ।
यस्तै, एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भए, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भए, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भए, दुवै हात जली काम नलाग्ने भए वा दुवै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भए, टाउकोको कुनै भाग जली क्षति भए वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
यस्तै, शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भए कसुरको प्रकृतिबमोजिम ५ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागे पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL