एक दर्जन उद्योगी व्यवसायी विभूषित
सरकारले संविधान दिवस अवसरमा एक दर्जन उद्यमी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरेको छ ।
सरकारले उद्योग व्यवसाय क्षेत्रमार्फत महत्वपूर्ण योगदान दिएबापत उनीहरूलाई सम्मानित गरेको हो ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र इटहरीका व्यवसायी विमलमान श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय मानपदवीबाट विभूषित गरेको छ ।
यसैगरी विशाल समूहका उपाध्यक्ष तुलसीराम अग्रवाल, शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, त्रिभुवनधर तुलाधर, पर्यटन व्यवसायी विजयबहादुर श्रेष्ठ, लक्ष्मण थापा क्षेत्री, विजय अधिकारी, अनिश थापा र नवीनकुमार पौडेललाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको छ ।
महिला उद्यमी ज्योत्सना श्रेष्ठ जनसेवाश्री (पञ्चम) बाट विभूषित भएकी छिन् । राष्ट्र यशोेवद्र्धक अलंकारबाट पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पा सम्मानित भएका छन् ।
सरकारले उद्योग व्यवसाय, सेवा, कला, चलचित्र, संगीत, साहित्य, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने ६ सय ९४ जनालाई संविधान दिवस अवसरमा विभूषित गरेको हो । यसअन्तर्गत ४ सय ५३ जनालाई मानपदवी, १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो ।







