Exclusive News Saturday, 19 Sep, 2020
Prestige Media

विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

विश्व बैंकले वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।
सरकारले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न विश्व बैंकले २ सय मिलियन डलर (२३ अर्ब ५१ करोड) रुपैयाँ बराबरको ऋण सहयोग हालै स्वीकृत गरेको हो ।
नेपालको वित्तीय अवस्थालाई सन्तुलित र पहुँचयोग्य बनाउन तथा कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणसँगै पुनस्र्थापना कार्यक्रमका लागि सहयोग पु¥याउने उद्देश्ले ‘विकासका लागि वित्त’ शीर्षकमा उक्त ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।
‘महामारीबाट नागरिकको ज्यान जोगाउनु, त्यससँगै आर्थिक पुनस्र्थापनाका योजना कार्यान्वयन गर्नु पनि अहिलेको अवस्थामा उत्तिकै महत्वपूर्ण छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने, ‘यो परियोजनाले नेपालको वित्तीय क्षेत्र, पुँजीबजार र बिमालगायत क्षेत्रमा सन्तुलन कायम राख्न, कोरोना महामारीपछिको आर्थिक पुनस्र्थापनाका लागि सहयोग पु¥याउनेछ ।’
त्यस्तै, वित्तीय क्षेत्रको प्रभावकारी नियमन र अन्य सुधारका माध्यमबाट न्यून आर्थिक अवस्था भएका परिवार, महिलालगायत पिछडिएको वर्गमा सहज वित्तीय पहुँचका कार्यक्रम, सोअनुरुपका पूर्वाधार निर्माण र वित्तीय साक्षारतामा यो रकम खर्च हुने विश्व बैंकले जनाएको छ ।
डिजिटल वित्तीय सेवामा पहुँच विस्तारमा समेत यो परियोजनाले मद्दत पु¥याउने विश्व बैंकको अपेक्षा छ ।
बैंक तथा वित्तीय संस्थामा महामारीका कारण सिर्जना हुन सक्ने चुनौतीको व्यवस्थापन, पूँजीबजार, बिमा, भेन्चर क्यापिटल, तथा मौद्रिक र उपभोक्ता बजार व्यवस्थापनका लागि समेत सहयोग पु¥याउने उद्देश्यले नेपाललाई यो ऋण प्रवाह गरिएको विश्व बैंकले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले कोरोना महामारी सुरु भएयता नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ ।
मन्त्रालयका अनुसार गत साउनमा मात्रै नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकले सरकारलाई ५४ अर्ब रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने सम्झौता भएको थियो । विश्व बैंकले उपलब्ध गराएको सो रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL