Exclusive News
Thursday, 17 Sep, 2020
वामदेवले लिए राष्ट्रिय सभा सदस्यको सपथ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रिय सभामा मनोनीत गौतमलाई सिंहदरबारस्थित संसद् सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बिहीबार शपथ गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा गौतमलाई माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
गत भदौ २९ को मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।
प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका एमाले सो निर्वाचनमा पराजित भएका थिए । उनलाई नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले हराएका थिए ।







