Exclusive News Wednesday, 16 Sep, 2020
Prestige Media

घर–गाडी किन्दै हुनुहुन्छ ? सस्तो ब्याज यी बैंकले दिन्छन्

दसैंतिहार नजिकिँदै छन् । चाडवाडमा विशेषगरी नयाँँ सवारी साधन, नयाँ घर खरिद गर्ने चलन हुन्छ । विगत वर्षमा नाडा अटो सो र घरजग्गा मेला हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ ।
गत वर्षभन्दा ५० प्रतिशत कम सवारी साधन बिक्री भइरहेको अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलाल बताउँछन् । यद्यपि असोज १ देखि सरकारले व्यापार व्यवसाय खुला गरेपछि व्यवसाय विस्तारै बढ्ने आशमा व्यवसायीहरु छन् ।
हरेक वर्ष दसैं नजिकिँदै जाँदा सावारी साधनको महामेला हुने गरेकोमा यस पटक त्यसको सम्भावना छैन । दसैंको समय सवारी साधन किन्नेहरु अन्य बेलाको तुलनामा बढी देखिन्छ ।
यदि तपाईं पनि सवारी साधन तथा घर खरिद गर्न चाहनुहुन्छ तर रकम छैन भने बैंकहरुले ल्याएका छन्, सस्तोमा घर तथा सवारी कर्जा । बैंकहरुले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले हरेक महिना सुरु हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निर्देशन दिएपछि बैंकहरुले महिना सुरु हुनु एक दिनअगावै ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको हो ।
गाडी कर्जामा आधार दरमा ३.२५ प्रतिशतसम्म र विद्युतीय सवारीमा १.५० प्रतिशतसम्म थप लिन पाउने व्यवस्था छ । यसको आधारदर ५.८ प्रतिशत छ ।
माछापुच्छ«े बैंकले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले हालको आधार दर ८.६९ प्रतिशत तोकेको छ । सो आधार दरमा अधिकतम ५ प्रतिशतसम्म थप गरेर घर तथा सवारी कर्जा प्रवाह गराइने बैंकले जनाएको छ ।
मेगा बैंकले ८.३० प्रतिशत कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले न्यूनतम १ वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेसन लोनलगायत कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्नेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको हाल कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । जसअनुसार बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको हो ।
बैंकले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे घर कर्जाको १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।
नबिल बैंकको ०७७ साउन मसान्तसम्म आधारदर ७.१९ प्रतिशत छ । यसले घर तथा गाडी कर्जामा अधिकतम पाँच प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । बैंकले स्थापनाको ३६ औं वर्ष पुगेको अवसरमा कर्जाको ब्याजदरमा नयाँ अफर ल्याएको छ ।
जसअनुसार आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासिकमा ऋण लिने ऋणीले यो अफर सदुपयोग गर्न सक्छन् । बैंकका अनुसार यो अफर एक वर्षका लागि मान्य हुनेछ भने एक वर्षसम्म ब्याजदर परिवर्तन हुने छैन ।
एनसीसी बैंकको असार मसान्तसम्मको आधार दर ९.०३ प्रतिशत रहेको छ । बैंकले यसै आधार दरका आधारमा कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकबाट कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
बैंकबाट सवारी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्नेछ भने घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यस्तै, एभरेस्ट बैंकको साउन मसान्तसम्मको आधार दर ७.४८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट हाउजिङ, भेहिकल ऋण लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL