राहदानी सेवा पुनः सञ्चालन
अध्यागमन विभागले विदेशी नागरिकलाई दिँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालनमा आएको छ ।
विभागमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गत साउन २६ देखि बन्द सेवा आइतबारदेखि सुरु भएको हो ।
राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ मा राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भए निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ ।
विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सीमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार चैत ८ सम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए पनि आप्mनो मुलुक फिर्ता हुन सक्ने विदेशी मंसिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।
पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेले १५ दिनभित्र जरिवाना र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुने उनले जानकारी दिए ।
उनका अनुसार चैत ८ सम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिने अवधि गत चैत ८ देखि साउन ३० सम्म १५० दिन निःशुल्क राहदानी बसे पनि साउन ३० पछि मंसिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ ।
अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जानकारी दिए ।
उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ ।







