मनोरञ्जन Sunday, 29 Sep, 2019
Prestige Media

‘छ माया छपक्कै’ले ल्यायो ‘बिच्च बिच्चमा’(भिडियो)

काठमाडौं – गत तीजमा जताततै प्रथामिकतामा परेको गायक दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’लाई फिल्म ‘छ माया छपक्कै’ प्रमोसनल गीत बनाएको छ । २४ असोजबाट प्रदर्शनमा आउने यो फिल्मले शुक्रबार प्रमोसल गीतको रुपमा यो गीत सार्वजनिक गरेको हो ।

गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई चलचित्रको प्रचार शैलीमा ढालेका छन् । ‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशन गीतले चलचित्रको प्रचारमा ठूलै फाइदा पुर्याउने देखिएको छ ।गीतमा गायक दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।  भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायाँकन भएको गीतको भिडियोमा गायक दुर्गेश सहित कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।

प्यारोडी पारामा फिल्मको प्रचार गर्ने शब्द राखेर बनाइएको यो गीतमा  फिल्म हेर्न दर्शकलाई आग्रह समेत गरिएको छ ।दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका छन् । दीपकको अलवा जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL