मनोरञ्जन Monday, 23 Sep, 2019
Prestige Media

‘कबड्डी कबड्डी कबड्डी’ले गर्‍यो दुई दिनमै ३ करोड माथिको व्यापार

मो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ । चलचित्र ‘जात्रै जात्रा’ चलेपछि सुस्ताएको चलचित्र बजारलाई अर्को एक हिट सिरिजले फेरि चलायमान बनाइदिएको छ । जेठको ३ गते चलेको ‘जात्रै जात्रा’पछि असोजको ३ गते रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसलाई चलायमान बनाएको हो ।

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । शनिबार शुक्रबारको तुलानामा मल्टिप्लेक्समा शो बढेसँगै चलचित्रको व्यापार पनि केही बढ्यो । शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ । योसँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।

योसँगै चलचित्रले २ दिनमै ३ करोड माथिको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले २ दिनमै लगानी सुरक्षित गरेको दाबी निर्माणपक्षले गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले मिश्रित समिक्षा पाएको छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL