यस्तो बन्यो साम्राज्ञी र पुष्पको ‘मारुनी’को अफिसियल ट्रेलर (भिडियो)
भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्र ‘मारुनी’को ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार देख्न सकिन्छ । चलचित्रको ट्रेलरमा नायिका रेविका गुरुङ र नायक पुष्प खड्काको रोमान्स देखिएको छ । तर, पुष्पका लागि साम्राज्ञीको प्रेम पनि ट्रेलरमा देखाइएको छ ।
मित्र डी गुरुङको सम्पादन रहेको चलचित्र ‘मारुनी’मा सञ्जय लामाको छायाङ्कन,दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत ,गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ ।चलचित्रमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् ।’मारुनी’मा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।







