मनोरञ्जन
Monday, 29 Jul, 2019
‘घर’को कमाइ करोड ग्रस
साउन ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘घर’ दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।हरर जानराको चलचित्र ‘सुनकेसरी’ पछि अर्पण थापाले ‘घर’ निर्देशन गरेका हुन्।निर्मात्री शर्मिला पाण्डेका अनुसार, यो चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा १ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालमा हरर जनराको चलचित्रको क्रेज खासै छैन । ‘सुनकेशरी’बाट विग्रिएको बजार ‘घर’ले उठाउने अपेक्षा गरिएको थियो, जुन अपेक्षा पुरा भएको छ । अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पणका साथ बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ ।







