‘सरौतो’को ‘कुले दाइ’
कात्तिक २२ गतेलाई सार्वजनिक प्रदर्शन मिति तोकेको चलचित्र ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुले दाई’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले सार्वजनिक गरेको हो । यो गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र शब्द छ । मिलन नेवारले राजनलाई गायकीमा साथ दिएकी छन् । गीतमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल र पराक्रम शमशेर जबरालाई फिचर्ड गरिएको छ ।
विराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एन्ड ग्लिटर स्टूडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथा भनिएको छ ।राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाँइको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानका अलावा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम शमशेर जबरा, मनोज तामाङ, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।







