मनोरञ्जन
Friday, 31 May, 2019
‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ गीत रिलिज
सफलताका साथ रिलिजको ५१ औं दिन मनाइरहेको चलचित्र ‘मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । राधे कृष्ण’ बोलको गीत निर्माण टिमले बिहीवार युट्युबमा सार्वजनिक गरेको हो । गीतमा चलचित्रकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीत लाई प्रविसा अधिकारी र सुरज लामाले स्वर दिएका छन् ।
सञ्जय लामाले छायाँकन गरेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ । दर्शक तथा समिक्षकले उत्कृष्ट प्रतिकृया पाएको चलचित्रबाट सुहानाले डेब्यु गरेकी हुन् । झरना थापा निर्देशित र सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा सुहानाले युवा स्टार अनमोल केसी स्क्रीन सेयर गरेकी हुन् । चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।







