मनोरञ्जन
Friday, 19 Apr, 2019
‘पोई पर्यो काले’मा सौगात बने पुजाको काले पोइ
शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पोई पर्यो काले’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यस चलचित्रका लागि यस अघि नै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्माले काम गर्ने पक्का भइसकेको छ । जेठबाट छायांकन सुरु गरिने चलचित्र कात्तिक ८ गते लक्ष्मी पुजाको अवसर पारेर फिल्म प्रर्दशन गरिने छ जानकारी निर्माण पक्षले दिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् भने चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् ।
चलचित्र ‘पोई पर्यो काले’ का लागि अभिनेत्री पुजा शर्माले महंगो पारिश्रमिक लिएपछि अहिले यो बिषयमा निकै चर्चा भैरहेको छ । उनले यस चलचित्रबाट २० लाख लिएको बताइएको छ ।







