मनोरञ्जन
Sunday, 7 Apr, 2019
ट्रेन्डिङको शिर्ष स्थानमा प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरि ब्याटल २’ (भिडियो)
चर्चित लोक गायक प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल २’ सार्वजनिक भएको छ । एक वर्ष अघि निकै बजार तताएको दोहोरि ब्याटलको आधिक सफलता पश्चात: फेरी सपुत र आलेले ‘दोहोरि ब्याटल २’ बजारमा ल्याएका छन्।
प्रकाश सपुत को शब्द संगीत रहेको गीतमा संगीत संयोजन श्यामस्वेत रसाइलीको रहेको छ । भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन्।प्रकाश सपुतले निर्देशन गरेको गीतको भिडियोको कोरसमा बब्लु, श्याम,पोषण, सचिन, प्रविन, सबिता, उषा, पुजा, सुम्निमा र रोशनीलाई देख्न सकिन्छ ।
शुक्रबार शार्बजनिक गरिएको भिडियो यतिखेरनेपालको ट्रेन्डिङको पहिलो नम्बर, कतारको सातौ र दुवईको ४७औ स्थानमा रहेको गायक सपुतले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन ।







