सर्जक अजय अलंकारको ‘सानीवा खाप्चाये ’ ७७ बर्षिया आमाको हातवाट सार्वजनिक
काठमाडौं । कवि, गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले आफ्नो सानीवा एल्बममा रहेकोे किराँती कुलुङ भाषिक गीत ‘सानीवा खाप्चाये मीक्वा हुप्स्चाये’ नामक बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । उनले असार २३ गते शनिबारको दिन ७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङको हातबाट कुलु गुस्खमको कार्यालय सरस्वतीनगर, काठमाडौंमा सार्बजनिक गराएका हुन ।
श्रष्टा अजय अलङ्कारले यस गीतलाई २०७१ सालमै आफ्नो पाँचौ कोशेली स्वरुप बजारमा ल्याईसकेका थिए । भाषा-भाषीको गीत भएको कारण अरुले भिडियो नगर्ने र आफैले नै आर्थिक देखि लिएर सबै कुराको म्यानेज गर्नु परेकोले म्युजिक भिडियो बन्न ढिला भएको उनले बताए । यस गीतमा शब्द सङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गरेका छन ।
आभा मुकारुङको स्वर रहेको यस गीतमा रिना लिम्बू , सृजन कुलुङ, फैलीमाया कुलुङ (अजयको आमा) र, अजय अलङकार स्वयंकै फिचरिङ रहेको छ । यस गीतको छायांकन दिपक चाम्लिङले गरेका छन, भने सम्पादन सृजन कुलुङले गरेका छन । भिडियोको निर्देशन अजय अलङकार र दिपक चाम्लिङ दुवै जनाले गरेको सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो ।
अङ्ग्रेजीमा समेत subtitle रेहेको यो भिडियो निकै नै सोचेभन्दा राम्रो भएको अजय अलङकारको दाबी रहेको छ । कलाकार अजयले जुन भिडियो आफ्नै आमाको हातबाट सार्बजनिक गर्न पाउदा आफुले आफुलाई भाग्यमानी भएको भन्दै खुशी व्यक्त गरे । सो अवसरमा कुलुङ क्षेत्रका अग्रणी व्याक्तिहरुको उल्लेख्य सहभागीता रहेको थियो । भिडियो आजै mahakulung television, diyamedia र indigenous television मार्फत एकैसाथ सार्बजनिक भएको छ ।







