फ्राइडे रिलिज : हलमा ‘चंगा’ र ‘मट्टीमाला’
बुद्धिको लडाईँ बुद्धिसँगैयो शुक्रबार दुईवटा चलिचत्र एक साथ प्रदर्शनमा आएका छन् । एकै कलाकारको एकसाथ दुई चलचित्र प्रदर्शनमा आउनु कुनै नौलो रहेन । यसअघि पनि केही कलाकारको चलचित्र एकसाथ आएका थिए । यस्तैमा फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट कलाकार बुद्धि तामाङको दुई चलचित्र एकसाथ प्रदर्शनमा आए । ति हुन्, ‘चंगा’ र ‘मट्टीमाला’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।
‘चंगा’
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब)को लेखन, निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’ का निर्मात्री रेश्मा तिमील्सिना रहेकी छिन् ।नबराज उप्रेतीको छायाँकनमा रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । कन्टीनिअस मुभि मकेर्स ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धी तमाङ, कमल मणी नेपाल ,अँकित खड्का ,लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना, बर्षा खड्का, जिबन भट्टराई, राजन खतिवडा लकी भण्डारीलगायतका कलाकारको मुख्य भूमिका छ ।
‘मट्टीमाला’
टेके पौरखी राईको निर्देशनमा तयार भएको चलचित्र‘मट्टी माला’ लाई प्रवीण राईले निर्माण गरेका हुन् ।चलचित्रमा सुमन राईको सङ्गीत,राहुल राईको छायाङ्कन,कविराज गहतराज/ राजेश पुन/ दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ ।पौरखी फिल्मस्को ब्यानरबाट निर्माण भएको चलचित्रमा बुद्धि तमाङ ,रजनी गुरुङ ‘मंगली’,प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा, दीपक आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।बुद्धि तामाङ्गको मर्मस्पर्शी संवाद, नायिका प्रियंका कार्कीको आईटम डान्स, चिरन राईको थाईल्याण्डका हिरो टोनी जालाई नै मात खुवाउने मार्शल आर्ट लगायतका दृश्य ट्रेलरमा समावेश गरिएका थिए ।







