मनोरञ्जन
Wednesday, 6 Jun, 2018
‘यो पागल मन’ ट्रेलरमा ऋचा र विनोदको प्रेम
असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यो पागल मन’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । कल्याण अधिकारीले निर्देशन गरेको यो चलचित्रलाई विरेन्द्र कुमार यादव र कल्याणले मिलेर बनाएका हुन् ।
अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले छायांकन गरेका हुन् । चलचित्रमा अनिल गौतमको सम्पादन, भोमन कटुवालको सह-निर्देशन, कमल राइको कोरियोग्राफी, राजु किरातीको एक्सन, सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।यो चलचित्रमा विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ । लभ स्टोरी कथामा यो चलचित्र निर्माण भएको छ ।







