मनोरञ्जन
Tuesday, 5 Jun, 2018
‘चङ्गा’को ‘मेरी आमा’बोलको दोस्रो गीत रिलिज(भिडियो)
आगामी शुक्रबार अर्थात जेष्ठ २५ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘चङ्गा’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गीतमा गायक कमल खत्रीको शब्द सङ्गीत र आवाज रहेको छ ।एक बन्धक बालकको आमा प्रेम देखाइएको उक्त गीतमा आमा र छोरा बिचको माया देखाइएको छ।
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब)को लेखन, निर्देशनमा बनेको चलचित्रका निर्मात्री रेश्मा तिमील्सिना रहेकी छिन् ।नबराज उप्रेतीको छायाँकनमा रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । कन्टीनिअस मुभि मकेर्स ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धी तमाङ, कमल मणी नेपाल ,अँकित खड्का ,लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना, बर्षा खड्का, जिबन भट्टराई, राजन खतिवडा लकी भण्डारीलगायतका कलाकारको मुख्य भूमिका छ ।







