सलोनको ‘बाबु कान्छा’ टिजर रिलीज (भिडियो)
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को टीजर सार्वजनिक भएको छ ।सार्वजनिक टिजरमा सलोनलाई मात्र प्रस्तुत गरिएको छ । टिजरले चलचित्रको बारेमा केही पनि बोलेको छैन तर दर्शकमा उत्सुकता भने प्रस्तुत गर्छ । चलचित्रको टिजरमा १७ वर्ष अघि सलोनले बालकलाकारको रूपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को केही झलक राखिएको छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् ।चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ । ‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ ।







