मनोरञ्जन Friday, 1 Jun, 2018
Prestige Media

फ्राईडे रिलिज : हलमा एकसाथ ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यू’

गतशुक्रबार झै आज पनि दर्शकले एकसाथ तीन नयाँ चलचित्र हेर्न पाउने भएका छन् । फ्राइडे रिलिज अन्तर्गत एकसाथ तीन चलचित्र  ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यू’ प्रदर्शनमा आएका हुन् । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘हरी’

सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको चलचित्र ‘हरी’मा विपिन कार्की, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गंदर्भ, राम भजन कमत र सुनिता बजगाईंको अभिनय छ । चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको चलचित्रमा बिपिन कार्की भिन्न भूमिकामा प्रस्तुत भएका छन् | केहि दिन अगाडी सम्पन्न प्रिमियरमा चलचित्रले मिस्रित प्रतिक्रिया पाउँदा विपिनको अभिनय भने रुचाइएको थियो|चलचित्र  ‘हरी’ शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

‘अमेरिका बोइज’

प्रवेश पौडेल निर्देशित चलचित्र ‘अमेरिका बोइज’मा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । विवेक पाण्डेको कथा, पटकथा र संबाद रहेको चलचित्रमा सुनिल क्षेत्री (नेपाली ठिटोज) को नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘बेबी आई लभ यू’

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्र ‘बेबी आई लभ यू’लाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादनरहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी ,सरोज खनाल, निर्मल् शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम बुढाथोकी,अप्सोन पन्थी, बिमल गिरी लगायत कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL