मनोरञ्जन
Tuesday, 29 May, 2018
रजनीकान्तको ‘काला’ ट्रेलर रिलिज (भिडियो)
सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षीत चलचित्र ‘काला’ को एक्सनयूक्त ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा रजनि र नाना पाटेकर विशेष फिचर छन् । रजनिकान्त उक्त सार्वजनिक ट्रेलरमा गरिब असहायकलाई सहयोग गर्ने भूमिकामा देखिएका छन् ।
चलचित्रलाई पिए रन्जितले निर्देशन गरेका हुन् भने अभिनेता धनुषले निर्माण गरेका हुन् । जुन ७ तारिकमा रिलिज हुने चलचित्रमा रजनिकान्त र नाना पाटेकर अलावा हुमा कुरैसी, सम्पथ राज, सयाजी सिन्डे लगायतका कलाकारको अभिनय रहेको छ ।







