मनोरञ्जन
Sunday, 27 May, 2018
‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)
आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘बेबी आइ लभ यू’को ‘कहानी तेरो मेरो’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोम चलचित्रका मुख्य कलाकार सन्तोष खड्गी र पूजा तिवारीलाई फिचरिङ गरिएको छ । सन्तोष र सुज्यमको स्वर रहेको गीतमा शब्द तथा संगीत सन्तोषकै छ ।
सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादनरहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल् शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम बुढाथोकी,अप्सोन पन्थी, बिमल गिरी लगायत कलाकारहरुको अभिनय छ ।







