मनोरञ्जन
Friday, 25 May, 2018
विश्वकप २०१८ को ‘अफिसियल गीत’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं– फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ। निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।
‘लिभ इट अप’ नाम रहेको यो गीत डिप्लोले निर्माण गरेका हुन् । उनले सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा सकिराले गाएको वाका वाका र सन् २०१४ मा पिटबुलले गाएको ओले ओलाको छनक रसिया विश्वकपको अफिसियल गीतमा पनि दिएका छन् ।यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।







