मनोरञ्जन Friday, 25 May, 2018
Prestige Media

फ्राइडे रिलिज : ‘सुनकेसरी’सँग भिड्दै ‘अफिसर’ र ‘कोसेली’

गतसाता फ्राइडे रिलिज अन्तर्गत एकमात्र चलचित्र प्रदर्शनमा आए पनि यो साता भने तीन चलचित्र एक अर्काेसँग भिड्ने भएका छन् । ती चलचित्र हुन् ‘सुनकेशरी’, ‘अफिसर’ र ‘कोसेली’ । यी तीन मध्ये चलचित्र ‘सुनकेसरी’ हरर जनरामा बनेको हो, भने ‘अफिसर’ले एक्सन र ‘कोसेली’ले प्रेमकथा उठाएको छ । तीनै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘सुनकेसरी’

अर्पण थापाको निर्देशनमा बनेको चलचित्रलाई  भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।नेपालमा हरर चलचित्रहरु एकदकै कम बन्ने गरेको अवस्थामा  बी जि इन्टरटेन्टमेन्ट,  ऋचा शर्मा फिल्म्स्,  दि पिक पिक्चर्सको सयुक्त  ब्यानरमा निर्माण भएको यो चलचित्रमा सन्नी र लउरेनको साथमा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा ,प्रेरणा थापा,भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ  ।

‘कोसेली’

प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको चलचित्रमा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ । भोले बाबा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय चलचित्रमा देख्न सकिन्छ । अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायाँकन छ ।

‘अफिसर’ 
उपेन्द्र तिमिल्सिना निर्देशित ‘अफिसर’ एक्सन र प्रेमकथाको विषयमा निर्माण भएको चलचित्र हो । निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय यसमा रहेको छ । शशी विक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL