‘वीराङ्गना’को पहिलो गीत;अनुप र शिल्पाको पुलिस अवतार (भिडियो)
असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘वीराङ्गना’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा सम्पन्न ‘दशौं डी सिने अवार्ड’ मा फिल्ममा समावेश ‘तिमी पुलिस म नी पुलिस’ बोलको गीत सार्वजनिक गरिएको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको ‘’ बोलको गीतमा अनुप विक्रम शाही र शिल्पा पोखरेल पुलिसको ड्रेसमा रोमान्टिक मूडमा देखिएका छन् ।दिपक शर्माको संगीत रहेको गीतमा दिनेश सुवेदीको शब्द , महिमा श्रेष्ठ र योन्जक लामाको स्वर रहेको छ ।
राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ ।







