‘रोमियो एण्ड मुना’ को ‘पल पल’ को गीत रिलीज (भिडियो)
बारम्बार प्रदर्शन मिति सारिएको चलचित्र ‘रोमियो एन्ड मुना’ अब भने साउन ११ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको दोश्रो गीत सार्वजनिक गर्दै काठमाण्डौमा आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति र नयाँ गीत सार्वजनिक गरिएको हो ।चलचित्रमा समावेश ‘पल पल तिम्रै संझनामा’ बोलको गीत सार्वजनिक गरिएको छ । विश्व शाहीको शब्द/संगीत, सुक्मित गुरुङको आवाजमा रहेको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको प्रेमलाई प्रस्तुत गरिएको छ ।यो गीतको भिडियोलाई राजिभ समर र नरेश कुमार केसीले कोरियोग्राफी गरेका हुन् ।
शिवराम श्रष्ठले छायांकन गरेको यो चलचित्रको गीतको भिडियोलाई कलात्मक बनाइएको छ ।नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ ।







