चलचित्र ‘भैरे’को गीत रिलिज
जेठ १८ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘भैरे’को ‘सान्नानीलाई भेट्न आउँदा…’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफि रहेको सार्वजनिक गीतमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेत छमछमी नाचेका छन्।यम बराल, बसन्त सापकोटा र मेलिना राईको आवाज रहेको गीतमा बसन्त सापकोटाको शब्द/संगीत रहेको छ ।
एभरेस्ट सुर्य बोहराले निर्देशन लेखन रहेको चलचित्र ‘भैरे’मा बसन्त सापकोटा/अर्जुन पोखरेल/यम बरालको संगीत र प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ ।चलचित्रको कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम) ,सिनेमाटोग्राफी पुरुषोत्तम प्रधान हुन्, भने यम बराल, रघु पुरी र करुणा कर घिमिरे सह-निर्माता रहेका छन् ।नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्रमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेत सँगै दयाहाङ राई, सुरक्षा पन्त , अर्जुन गुरुङ् जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।
गीत हेर्नुहोस् ;







