फ्राइडे रिलिजःगाजा बाजा, मंगलम र हुर्रेमा कुन हेर्ने ?
तीन नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपनि यस्ता भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । यस्तै,आज शुक्रबारबाट सिनेमा हलहरुमा तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् ।यस अन्तर्गत पीजी सर्टिफिकेटको ‘हुर्रे’, युनिभर्सलको ‘मंगलम’ र एडल्टको ‘गाजा बाजा’ रहेका छन् ।
कुरा गरौ चलचित्र ‘हुर्रे’ को, यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्र ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जे लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यख इंटटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘हुर्रे’लाई अरुण सेढाइँको सह–निर्माण अनि चन्दन दत्तले सम्पादन गरेका छन् । चलचित्रमा राजाराम पौडेल, केकी अधिकारी, अंकित खड्का, अनुपबिक्रम शाही,विजय बराल ,संगीता नापित लगायत कलाकारको मुख्य भूमिका छ । हेर्नुहोस् ‘हुर्रे’ ट्रेलर;
यस्तै कुरा गरौ चलचित्र ‘मंगलम’ को, छविराज प्रोडक्सन र गुण सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्र ‘मंगलम’ मा दिजेन्द्र कायस्थ, साकार ओझा र ओम गुरुङ निर्माताको रुपमा छन् । छविराज ओझाको कार्यकारी निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशक गरेका छन् । चलचित्रमा गोविन्द फुयालको कथा, विष्णु कल्पीतको छायांकन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।चलचित्र ‘मंगलम’ मा साम्राज्ञी राज्य लक्ष्मी शाहको अतिथी भुमिका रहेको छ भने निमात्री तथा नायिका शिल्पा पोखरेल सहित पुष्पल खड्का, पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्माको अभिनय छ । हेर्नुहोस् ‘मंगलम’ ट्रेलर;
यस्तैगरि कुरा गरौ चलचित्र ‘गाँजाबाजा’को, लामो समयदेखि विवादमा रहेको चलचित्र ‘गाँजाबाजा’ पनि आजैबाट हलमा लागेको छ ।र टुका इंटरटेनमेन्ट प्रा.लि र डि.आर फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन छ ।गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी को निर्माणमा बनेको चलचित्र‘गाँजाबाजा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । चलचित्रमा अनुपम शर्मा, शुशिल सिटौला, बर्षा शिवाकोटी, रबिन थापा, अम्बर सुवेदी लगायतका कलाकारहरुको अभिनय छ ।हेर्नुहोस् ‘गाँजाबाजा’ ट्रेलर;







