मनोरञ्जन Wednesday, 7 Mar, 2018
Prestige Media

पहिलो फिल्ममै पुर्णिमालाई भुक्तमान, रुँदै यस्तो भनिन्

साढे दुई वर्षअगाडि निर्माण थालिएको फिल्म ‘हिरोज’ को दुई दिनअघि मात्र ट्रेलर रिलिज गरियो । तर, ट्रेलर रिलिज गर्ने कार्यक्रममा निर्देशक एनबी महर्जनको अत्तोपत्तो थिएन ।

खासमा फिल्मको निर्माण नसकिँदै निर्देशक महर्जनले हात झिकिसकेका रहेछन् । अहिले यो फिल्मको पूर्ण जिम्मेवारी अभिनेत्रीसमेत रहेकी पुर्णिमा लामाले सम्हालेकी छिन् । उनी पेशाले एक ब्यूटिसियन हुन् ।

ट्रेलर रिलिज गर्ने कार्यक्रममा आफ्नो पिडादायी अनुभव सुनाउँदा पुणिर्मा भावविव्हल बनेकी थिइन् । उनले यो फिल्ममा आफूले साह्रै दुख पाएको बताइन् । खासगरी उनले निर्देशक महर्जनप्रति चित्त दुखाइन् ।

विगतमा मिस जापान, मिस एञ्जेल, मिस ब्यूटी लगायतका प्रतियोगितामा भाग लिएर उपाधी जितेको बताउने सुन्दरी फिल्म निर्माणको दलदलमा फस्न पुगिन् ? उनकै शब्दमा :

मिस एन्जेलको ट्यालेन्ट शोमा मैले देखाएको नृत्य हेरेपछि प्रभावित बनेर एम गुरुङ नामका साथीले मलाई परदेशी फिल्मका लागि कुरा गर्न नारायण रायमाझीकहाँ पुर्‍याउनु भएको थियो । फिल्ममा म सेलेक्ट भए पनि त्यही बेला खुट्टाको अपरेसन गर्नु परेकाले खेल्न पाइनँ ।

त्यसको केही समयपछि मेरो एक जना साथीमार्फत सञ्जोग रानासँग भेट भयो । उहाँले ‘हिरोज’ फिल्म बनाउँदै हुनुहुँदो रहेछ । बिस्तारै उहाँ मसित नजिकन थाल्नुभयो र मलाई फिल्म खेल्ने अफर गर्नुभयो । म खुशीसाथ तयार भएँ । ५० हजार पारिश्रमिक पाउनेगरी मैले एग्रिमेन्ट पनि गरेँ ।

फिल्मको सुटिङ सुरु भयो । तर २५ प्रतिशत सुटिङ पुरा भएपछि फिल्म रोकियो । उहाँहरुसँग पैसा सकिएछ । लामो समय यत्तिकै भयो । अनि, उहाँहरुले मलाई पैसा हाल्नका लागि घच्घच्याउन थाल्नुभयो ।

यो फिल्मसँग मेरो सपना जोडिएको थियो । आफूले अभिनय गरेको पहिलो फिल्म जसरी पनि दर्शकमाझ पुगोस भन्ने चाहन्थेँ । म एउटी व्यवसायी भएको नाताले अलिअलि पैसा पनि थियो । त्यो पैसा निकालेर मैले फिल्ममा हालेँ । तर, फिल्मको बजेट बढ्दै गयो, म परिवारसँग मागेर पैसा थप्दै गएँ । अहिलेसम्म मेरो ८० लाख लगानी भइसकेको छ । अझै पब्लिसिटीमा खर्च गर्न बाँकी नै छ ।

तर फिल्म पुरा नुहुँदै निर्देशक एनबी महर्जनले साथ छाड्नुभयो । फिल्मका धेरै प्राविधिक कामहरु बाँकी थिए, तर उहाँ आइदिनुभएन । ‘सञ्जोगसितको एग्रिमेन्ट अनुसार पैसा नपाएकाले’ आफूले अरु काम नगर्ने भन्नुभयो । मैले बारम्बार उहाँलाई बाँकी पैसा दिन आफू तयार भएको भनेर बिन्ति गर्दा पनि उहाँ आउनु भएन ।

निर्देशक नभएपनि सबै कुरा मेरो थाप्लोमा पर्‍यो । फिल्ममा कुनै अनुभव नभएको एउटा केटीले सम्पूर्ण कामहरु सम्हाल्न कति गाह्रो भयो होला। सोच्नुस । एडिट गर्ने देखि प्रोमो काट्ने ठाउँमा आफै बस्नु पर्ने, हार्ड डिस्क किन्न पनि आफैं जानुपर्ने, यता दौडी उता दौडी, न खानको ठेगान न सुत्नको ।

जसोतसो फिल्म पुरा भएको छ । अरुले कति के लगानी गरेको छ भन्ने मलाई थाहा छैन । तर, मैले लगानी गरेदेखि यता एक पैसा पनि कसैले हाल्नुभएको छैन । यद्यपि, निर्मातामा सञ्जोग राना र अर्को एक जनाको नाम राखिदिएकी छु । सञ्जोग फिल्मका मुख्य अभिनेता पनि हुनुहुन्छ । ट्रेलर रिलिज गर्दा उहाँ आउनुभएको थियो ।

मलाई फिल्मले पैसा कमाउँला भन्ने आशा छैन । तैपनि रिलिज त गर्नैपर्‍यो । चैतमा रिलिज डेट तोकिसकेको छु । यो लगानी डुब्यो भने पनि म सडकमा आउँदिन । म एउटी व्यवसायी हुँ । मेरा विभिन्न व्यवसायहरु छन् ।

पहिलो फिल्मले मलाई धेरै कुरा सिकाएको छ । यो अनुभव र शिक्षालाई आगामी दिनमा सदुपयोग गर्नेछु । म फिल्म क्षेत्रबाट भाग्दिनँ । अभिनयको तलतल मेटिएको छैन । तर, राम्रो प्रोजेक्ट आयो भने मात्र काम गर्छु । फेरि, फिल्म निर्माण पनि गर्न सक्छु, किनभने अब धेरै कुरा थाहा भइसकेको छ ।अनलाइन खबर

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL