मनोरञ्जन Wednesday, 7 Mar, 2018
Prestige Media

‘रुस्लान मह शत्रुगते यात्रा’फागुन २३ गतेदेखि

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रुगते’को यूनिट सांगीतिक टुरमा निस्कने भएको छ ।रुस्लान भोड्काद्धारा प्रायोजित ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला,पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्लेले सांगितीक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु दिनेछन् ।  यो टुर फागूण २३ गतेदेखि ३० गतेसम्म चल्नेछ । सेड्यूल अनुसार २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा र टंक बुढाथोकीको संगीत, दीर्घ गुरुङको छायांकन छ ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसँंगै पल शाह र आँचल शर्माको जोडीको समेत अभिनय देख्न सकिन्छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।

यो यात्रामा महका ‘म’अर्थात मदनकृष्ण श्रेष्ठ विशेष कारण सहभागी हुने छैनन् ।यो टोलीले फागुन २३ गते बुधबार दिउँसो हेटौडा बुद्धचोकबाट कार्यक्रम सुरु गरेर फागुन ३० गते इटहरीको नगरपालिका चोकमा अन्तिम कार्यक्रम गर्ने छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL