प्रमुख समाचार
Monday, 5 Mar, 2018
पाकिस्तानका प्रधानमन्त्री अब्बासी काठमाडौंमा
काठमार्डौः पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि काठमार्डौ आएका छन् ।३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार दिउँसोकाठमाडौं आइपुगेका हुन् ।पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन्।







