मनोरञ्जन Monday, 5 Mar, 2018
Prestige Media

‘गाँजा’ खोज्ने यूवाहरुको कथामा ‘गाँजाबाजा’

 

चलचित्र ‘गाँजाबाजा’ यूनिट अहिले काठमाण्डौ बाहिरको दौडधुपमा छ । चलचित्रको बिषयमा सुरुवातदेखि नै विवाद भएकाले पनि यसको निर्माणपक्ष बिषयवस्तुलाई स्पष्ट पार्न चाहिरहेको देखिन्छ ।

निर्देशक गणेशदेव पाण्डे आफ्ना कलाकारहरुको साथमा विभिन्न शहरमा पुगेर चलचित्रको कथावस्तु प्रष्ट्याउने कोशिशमा छन् । उनले पोखरा पुगेर भने-‘यो चलचित्र भूकम्प पश्चातको समयमा यूवाहरुको गाँजा हन्टिङ्गको कथा हो । गाँजाको नशाका लागि जे पनि गर्नेहरुको एक दिनको कथामा चलचित्र तयार भएको छ ।’

उनले यो चलचित्र कुनै पनि विदेशी चलचित्रको रिमेक वा एडप्टेड नभएको स्पष्ट पारे । चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ ।

गोमा बिष्ट थापा र दिपेन्ऽ रेग्मीले यो चलचित्र निर्माण गरेका हुन् । ‘टुका इन्टरटेन्टमेन्ट’ र ‘डिआर फिल्मस्’को व्यानरमा निर्माण भएको चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ ।अनलाइन खबर बाट

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL