मनोरञ्जन Sunday, 4 Mar, 2018
Prestige Media

‘पंचायत’ले के ‘झोला’को इतिहास दोहोर्‍याउला ?

 

चलचित्र ‘पंचायत’ चैत्र २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको कथावस्तु वि.सं २०३३ सालतिरको हो । पञ्चायती शासनको उग्रसमयमा एउटा गाउँको रोचक कथालाई चलचित्रले पर्दामा उतारेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा यो चलचित्रले उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्ड पाएको थियो ।

यसले पनि चलचित्रको निर्माण कतिसम्म पावरफूल छ भन्ने संकेत गर्छ । सोही महोत्सवमा नीता ढुंगानाले यो चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । चलचित्रका निर्माता सुशान्त श्रेष्ठ इतिहासलाई बर्तमानमा प्रस्तुत गर्न पाउँदा आफूहरु खुशी भएको बताउँछन् । सती प्रथाको कथामा बनेको चलचित्र ‘झोला’लाई दर्शकले दिएको मायाले पनि ‘पंचायत’ यूनिट धेरै आशावादी देखिएको छ ।

किनकी, यो चलचित्रले पनि यस्तै एउटा कथालाई उठान गरेको छ । चलचित्रका निर्देशक शिवम् अधिकारी अहिलेका दर्शकले आजभन्दा करिब ५० बर्ष पुरानो इतिहासलाई पर्दामा हेर्न पाउने बताउँछन् । चलचित्रमा सरोज खनाल, नीता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको भव्य पि्रमियर समेत आयोजना गर्ने तयार गिरिएको छ ।

एउटा गाउँको मुखियाको फैसाल सफा थियो या धमिलो, चलचित्रले यो कुरा बताउने यसको निर्माणपक्ष बताउँछ । नायिका नीता ढुंगानाले भनिन्-‘मैले चलचित्र ‘मसान’पछि सबैभन्दा बढी तारिफ पाएको चलचित्र नै ‘पंचायत’ हो । यो चलचित्रले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो, यसबाट पनि चलचित्रले कस्तो भाव बोकेको छ भन्ने थाहा हुन्छ ।’ चलचित्रका कार्यकारी निर्माता रंग पत्रकार रवि अधिकारी हुन् ।अनलाइन खबरबाट 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL