Exclusive News Wednesday, 17 Jan, 2018
Prestige Media

चिसोले बालबालिकामा हाइपोथर्मिया समस्या

विराटनगर : अत्यधिक चिसोका कारण धेरैजसो बालबालिकामा हाइपोथर्मिया (शीतांग) को समस्या देखापर्न थालेको छ। विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा यस्तो समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेपछि चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार बालबच्चाको शरीरमा तापक्रम कम भएर उत्पन्न हुने स्वास्थ्यसम्बन्धी कडा समस्यालाई हाइपोथर्मिया भनिन्छ। यसले विभिन्न रोगको संक्रमणलाई निम्तिन पनि सहज बनाइदिने र बच्चाको ज्यानै जान सक्ने कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवाल बताउँछन्।

यसबाट नवजात शिशु बढी प्रभावित हुन्छन्। स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएर उपचारका लागि ल्याइएका बालबालिकामा यो समस्या देखापर्ने क्रम बढेर गएको उनी सुनाउँछन्। ‘चिसो केही दिनदेखि अत्यधिक बढेको छ’, उनी भन्छन्, ‘चिसोले बालबालिका बढी प्रभावित भएका कारण स्वास्थ्यसम्बन्धी कडा समस्या देखापर्न थालेको छ।’

उनका अनुसार चिसो बढेसँगै हेरचाहमा अभिभावकले ध्यान पुर्‍याउन नसक्दा बालबालिकामा हाइपोथर्मिया समस्या अत्यधिक मात्रामा बढेको हो। बालबालिका र नवजात शिशुलाई चिसोबाट बचाउन नसक्दा ज्यानै जान सक्ने उनको भनाइ छ। ‘जन्मिएको ६ दिनसम्म बच्चाको शरीरमा कपडा लगाइदिन हुँदैन भन्ने विश्वास छ। यो सरासर गलत हो’, उनी भन्छन्, ‘जन्मनेबित्तिकै बच्चालाई न्यानो लुगा आवश्यक पर्छ। चिसोको बेला त बच्चाको शरीरमा बाक्ला कपडा लगाइदिनुपर्छ।’

कोसी अञ्चल अस्पतालमा दैनिक ६० भन्दा बढी बिरामीमा यो समस्या देखापरेको छ।

उनका अनुसार छाला पातलो हुने भएकाले तुरुन्तै चिसो बढेर बच्चाको शरीरको तापक्रम एक्कासि घट्ने हुन्छ। यसले तत्काल हाइपोथर्मियाको समस्या निम्त्याउँछ। उनका अनुसार बालबालिकाको शरीर निलो हुँदै जानु, हातखुट्टा चलाउन गाह्रो हुनु, दूध र अन्य खानेकुरा नखानु तथा शरीरको तापक्रम अत्यन्तै कम हुनु हाइपोथर्मियाका लक्षण हुन्।

‘यो समस्याबाट बचाउन बच्चा र कोठालाई न्यानो राख्नुपर्छ’, उनी भन्छन्, ‘बच्चाको शरीरको तापक्रमलाई मेन्टेन गर्न सकियो भने यो समस्या आउँदैन।’

चिकित्सकका अनुसार बच्चाको शरीरको औसत तापक्रम ३६.५ देखि ३७.५ सेन्टिग्रेड हुनुपर्छ। ३६.५ सेन्टिग्रेडभन्दा कम तापक्रम भयो भने हाइपोथर्मियाको समस्या निम्तने जोखिम हुन्छ। शरीरको तापक्रम कम हुँदै गएर ३२ डिग्रीभन्दा कम हुन पुगे हाइपोथर्मियासम्बन्धी कडा समस्याले सताउँछ। त्यसपछि बच्चाको ज्यानै जान भएकाले शरीरको तापक्रममा ख्याल पुर्‍याउन चिकित्सकले आग्रह गरेका छन्। बच्चाको सरसफाइ र शरीरको तापक्रममा ध्यान दिई आमाको दूध खुवाउँदै न्याना लुगा र नियमित खोप लगाउने गर्दा यसको समस्या देखा नपर्ने अग्रवाल बताउँछन्।

 बालबच्चाको शरीरमा तापक्रम कम भएर उत्पन्न हुने स्वास्थ्यसम्बन्धी कडा समस्यालाई हाइपोथर्मिया भनिन्छ। यसले विभिन्न रोगको संक्रमणलाई सहज बनाइदिने र बच्चाको ज्यानसमेत जान सक्ने चिकित्सक बताउँछन्।

हाइपोथर्मियाले गर्दा बच्चामा निमोनियालगायत अन्य रोग संक्रमण हुन सक्ने चिकित्सकले बताएका छन्। कोसी अस्पतालमा दैनिक ६० भन्दा बढी बिरामीमा यो समस्या देखापरेको छ। दैनिक ८० भन्दा बढी बालबालिका अस्पतालमा ल्याउने गरिएको छ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले चिसोसँगै बिरामी भएर उपचारका लागि ल्याइने बालबालिकाको संख्यामा वृद्धि भइरहेको बताए। ‘केही दिनयता बिरामी भएर उपचारका लागि ल्याइने बालबालिकाको संख्यामा वृद्धि भएको छ’, उनले भने, ‘पछिल्लो समय बालबालिकाको स्वास्थ्यसम्बन्धी कडा समस्या हाइपोथर्मिया देखापरेको छ।’

source : annapurnapost

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

श्रीमतीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि पक्राउ परे श्रीमान

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL