Exclusive News Wednesday, 10 Jan, 2018
Prestige Media

‘सरकारअघि नै एकताको स्वरूप’

काठमाडौँ — एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने समझदारी गरेका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनेबारे छलफल गरेको हो ।

 

एमाले अध्यक्ष केपी ओली निवास, बालकोटमा बसेको समितिको बैठकमा एकताको संगठनात्मक स्वरूप र वैचारिक, राजनीतिक विषय टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने समझदारीसमेत भएको छ । ‘सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेबारे छलफल भएको छ, त्यसका लागि कार्यदल गठन गरेर गृहकार्य अघि बढाउने समझदारी बनेको छ,’ एकता संयोजन समितिमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।
पार्टी एकताको गृहकार्य गर्ने कार्यदल भने अध्यक्ष केपी ओली थाइल्यान्डबाट फर्केपछि बस्ने बैठकले गठन गर्नेछ । ओली उपचारका लागि बुधबार त्यसतर्फ जाँदैछन् । दुई दलबीच एकता प्रक्रिया अघि बढाउन चुनावी गठबन्धन क्रममै संयोजन समिति बनाइएको थियो । चुनावपछि समितिको औपचारिक बैठक बसेको थिएन । बैठकमा दुई धारका पार्टीबीचको एकता भएकाले यसलाई सम्मानजनक बनाउन केही गृहकार्य आवश्यक रहेको नेताहरूले ठहर गरेका थिए । दुई दलबीच एकतापछिको पार्टीको प्रमुख को बन्ने, शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने, सैद्धान्तिक वैचारिक लाइन के हुने भन्नेमा समझदारी कायम गर्नुपर्नेछ । एकतापछिको पार्टी प्रमुख पद माओवादीले दाबी गरिरहेको छ । एमालेभित्र पनि एकतापछिको अध्यक्ष आफैंले पाउनुपर्ने दबाब छ । यो विवादबीच दुवै दलका तर्फबाट प्रतिनिधित्व हुने गरी दोहोरो नेतृत्वको चर्चा पनि छ ।
वाम गठबन्धन बनाउने बेला दुई दलका अध्यक्ष मुख्य नेता रहने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दुवै दलका अध्यक्षले चुनावी अभियान हाँकेका थिए । एकीकृत पार्टीमा पनि महाधिवेशन नहुँदासम्म त्यही शैली अपनाउन सकिने विकल्प पनि छलफलमा छ ।
प्रदेश सरकारकोगृहकार्य गर्न कार्यदल
राष्ट्रिय सभा गठन, प्रदेश सरकार गठनलगायत विषयमा गृहकार्य गर्न एकता संयोजन समितिको बैठकले छुट्टै ६ सदस्यीय कार्यदल बनाएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार कार्यदलमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् । कार्यदलले राष्ट्रिय सभाकालागि आवश्यक दुई दलका तर्फबाट साझा उम्मेदवार तय गर्नेछ । साथै, प्रदेश सरकारको स्वरूपलगायत विषयमा गृहकार्य गर्नेछ । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि गठबन्धनबाट साझा उम्मेदवारी हुनेछ ।
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL