Exclusive News Thursday, 21 Dec, 2017
Prestige Media

कांग्रेस युवा नेता भेला-‘नेतृत्वमाथि हस्तक्षेप गर्न युवा अभियान’

काठमाडौँ — कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।

 

कांग्रेसका युवानेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए ।
नेता भण्डारीले पार्टीमा आमूल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरू अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताए । ‘आजबाट कुनै गुट/उपगुटमा नलागी पार्टीको आमूल सुधारका लागि एक हुने अभियान थालेका छौं,’ भण्डारीले कान्तिपुरसँग भने, ‘वामपन्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने हो भने अहिलेको नेतृत्वमाथि युवाहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य जोड हो ।’ युवा नेताहरूको बैठकले अहिलेको पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष पनि निकालेको छ । युवा नेताहरूले परिवर्तनको चाप पछ्याउन सक्ने नेतृत्व पार्टीलाई आवश्यक रहेको भन्दै पहिलो पुस्तालाई विश्राम दिनुपर्ने बताएका थिए । पार्टीको नीति र नेतृत्वबारे छलफल गर्न पनि विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।
युवा नेता धनराज गुरुङले विशेष महाधिवेशन माग गर्ने विषयमा आइतबार बस्ने बैठकले तय गर्ने बताए । ‘चुनावमा पार्टी कसरी पराजय भयो भन्नेबारे मात्रै छलफल गरेका छौं, आइतबारको बैठकमा दस्ताबेजसहित नीति, कार्यक्रम र महाधिवेशन बोलाउनेबारे निर्णय लिन्छौं,’ उनले भने । भण्डारीले पार्टीभित्र गुट र उपगुटलाई तिलाञ्जली दिँदै पार्टी सुधारको महाअभियान युवाले सुरु गर्ने बताए । त्यसका लागि नेतृत्व परिवर्तनबाटै सुधार हुनुपर्ने उनीहरूको जोड छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवार चयन र वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने रणनीतिक कार्यक्रम नहुँदा कांग्रेसले चुनावमा लज्जास्पद हार व्यहोर्नुपरेको निष्कर्ष बैठकमा आएको बताए । बैठकमासबैजसो नेताले नेतृत्वकै कमीकमजोरीका कारण पार्टीले हार व्यहोर्नुपरेको धारणा राखेका थिए ।
‘यो हार वामपन्थी गठबन्धनका कारण मात्रै होइन, शीर्ष नेतृत्वले प्रभावकारी रणनीति नबनाउँदा र टिकट वितरणमा मनपर्दी गर्दाको परिणाम पनि हो,’ पौडेलले भने, ‘कसले जित्छ होइन, कसलाई टिकट दिँदा मेरो गुट बलियो हुन्छ भन्ने आधारमा उम्मेदवार बनाइयो । पार्टी नेतृत्वले कुनै रणनीतिक योजना पनि दिन सकेन ।’ बैठकमा सहभागी रामहरि खतिवडाका अनुसार पार्टी पराजय हुनुमा नेतृत्वमा रहेका सबैको कमजोरी देखिएको ठम्याइसहित यसमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरिएको बताए । केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले विशेष महाधिवेशनको माग गर्ने तयारीसमेत गरेका छन् ।
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL