बिहे गरेको ३ दिनमै दैबले चुडायो नबजोडीको सपना (भिडियो सहित )
सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै लगन गाँठो कसेकै दिन मृत्युवरण गर्नुपर्छ भन्ने कल्पना सायदै कसैले गर्न सक्ला । तर, रूकुममा मुटु कमाउने यस्तै भयावह दुर्घटनामा परेर बेहुला बेहुलीसहित सातजनाले ज्यान गुमाउनुपरेको छ।
रूकुममा शुक्रबार राति भएको एउटा सवारी दुर्घटना वैवाहिक जीवनमा बाँधिएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी निरीक्षक अनिता प्रधानले ज्यान गुमाएका छन् ।
बिहे गरेर खुसीसाथ जिवन जिउने बाचा कसम खाएका नबविवाहित जोडीको निधारको टिका समेत पुछिएको छैन । विवाह गर्न घर पुगेका जोडी हतार-हतार प्रहरी सेवामा फर्कदै थिए ।
बिहेकै दिन बेहुला बेहुली नै मृत्युवरण गर्नुपरेको यो डरलाग्दो दुर्घटनाको समाचारले जो कोहीको मुटु कमाउँछ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुर्घटनामा पर्दा नवविवाहित दम्पत्तिसहित सातजनाले ज्यान गुमाएका हुन् । रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानले पनि यो दुर्घटनामा मृत्युवरण गर्नु परेको छ ।(यो भिडियो हेर्नुहोस )







