Exclusive News Thursday, 23 Nov, 2017
Prestige Media

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन्। निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए। मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ। आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ।
‘पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई प्रभाव पर्ने भएकाले यो अवधिमा आचारसंहिताविपरीतका सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरिएको छ’, प्रवक्ता ढकालले भने।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न आयोगले भनेको छ। आयोगले मौन अवधिमा सञ्चारमाध्यममार्फत उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाएको छ। पहिलो चरणको अन्तिम प्रचारका लागि दलका शीर्ष नेताहरू विभिन्न ठाउँ खटिँदै छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार ६ नम्बर प्रदेशका रुकुम, रोल्पा र कालिकोटका चुनावी सभामा सहभागी हुँदै छन्। प्रधानमन्त्री देउवा ती जिल्लाका चुनावी सभा सकेर साँझ काठमाडौं फर्कनेछन्।

एमाले वरिष्ठ नेता माधव नेपाल वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न नुवाकोट जाँदै छन्। महासचिव ईश्वर पोखरेल पनि नुवाकोट जाने तयारी रहेको एमाले नेता विष्णु रिमालले जानकारी दिए। नुवाकोटको ढिकुरे बजारमा कांग्रेसले पनि चुनावी सभा राखेपछि स्थानीय प्रशासनले त्यहाँ निषेधाज्ञा जारी गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने छोरा स्व.प्रकाश दाहालको काठमाडौंमा श्रद्धाञ्जली सभा हुने भएकाले जिल्ला जाने कार्यक्रम नरहेको उनको सचिवालयले जनाएको छ। दाहाल पुत्रशोकमा परेपछि संयुक्त चुनावी सभामा माओवादी केन्द्रबाट नेता रामबहादुर थापा सहभागी हुन थालेका छन्।
एमाले अध्यक्ष केपी ओली मेची-काली संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दैलेख र सुर्खेत जाँदै छन्। यी जिल्लामा भने दोस्रो चरणमा निर्वाचन हुँदै छ। ‘अध्यक्षको पूर्वनिर्धारित कार्यक्रम हो’, नेता रिमालले जानकारी दिए। माओवादी केन्द्रका नेता रामबहादुर थापा पनि ओलीसँगै संयुक्त चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पहिलो चरणमा चुनाव हुन लागेकाले दुवै नेता जिल्लामै छन्। मंसिर १० मा मतदान भए पनि गणना भने दोस्रो चरण निर्वाचनपछि मात्र सुरु हुनेछ। आयोगले पहिलो चरणको परिणामबाट दोस्रो चरणको चुनाव प्रभावित नहोस् भनेर मतगणना एकैसाथ गर्ने निर्णय लिएको छ।

source ; annapurnapost

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL