मनोरञ्जन
Tuesday, 21 Nov, 2017
म्युजिक भिडियो अभिनय तथा मोडलिङ क्षेत्रमा जम्दै -भुवन श्रेष्ठ(भिडियो सहित )
कलाकारिता तथा मोडलिङ यात्रामा प्रबेश गरेको छोटो समयमै कलाकार तथा मोडल भुवन श्रेष्ठ दर्शकको नजरमा पर्न थालेका छन ।मोडलिङ यात्राको सुरुवाती चरणकै म्युजिक भिडियोम उनले गरेको उत्कृष्ट अभिनयका कारण उनको चर्चा चुलिन थालेको हो ।यसै क्रममा भुवन श्रेष्ठ द्वारानै अभिनित नयाँ म्युजिक भिडियो केहीदिन अगाडि सार्वजनिक भएको छ वाङछिरिङ्ग भोटियाको नयाँ प्रस्तुति गल्ती नामक एल्बम रहेको तिमीले छोडि गएपनी भन्ने बोल रहेको उक्त गीतमा अन्जु पन्त र वाङछिरिङ्ग भोटिया स्वर रहेको छ भने उक्त गीतको रचना तथा संगीत सन्तोष के सी ले गरेका हुन । जुन गीतमा अभिनय भुवन श्रेष्ठ र शुशिला थापाको रहेको छ भने छायान्कन महेश महेरा र निर्देशन भने सरोज खतिवडाले गरेका हुन ।







