मनोरञ्जन Tuesday, 14 Nov, 2017
Prestige Media

मोस्ट हेटेड सेलेब्रिटी

कार्तिक २८, २०७४-इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी) ले केही समयअघि एउटा सूची निकालेको थियो । त्यसमा सर्वाधिक घृणा गरिएका ५४ सेलेब्रिटीका नाम क्रमैसँग उल्लेख गरिएका थिए । पहिलो नम्बरमा गायक जस्टिन बिबर, दोस्रोमा कान्य वेस्ट, तेस्रोमा मोडल किम कार्दसियन, चौथोमा अभिनेता सिया लाबुफ र पाँचौंमा अमेरिकन आइडलका जज साइमन कोवेल परेका थिए ।

त्यही सूचीमा माइली साइरस, क्रिस ब्राउन, क्रिस्टिन स्टेवार्ट, लिन्ड्से लोहान, क्रिस जेनर, रोबर्ट प्याटिसन, टेलर स्विफ्ट, जेडन स्मिथ र जुलिया रोबर्ट टप २० भित्र देखिए । ‘माइलीले नानाभाँती व्यहोरा देखाउन थालेपछि उनीप्रति वैरभाव राख्नेहरू जन्मिएका हुन्,’ आईएमडीबीले लेखेको छ, ‘क्रिस त वुमेन बिटर भइहाले ।’

रिहानासँगको सम्बन्धपछि क्रिस कुख्यात बनेका थिए ।

ड्रंक एन्ड ड्राइभ, सप लिफटिङ (पसलको सामान चोर्नु) र ड्रग्सको केसमा जेलसमेत परेपछि लिन्ड्सेले आफ्ना प्रशंसक गुमाएकी थिइन् । अभिनेता विल स्मिथका पुत्र जेडन आफ्नै गतिविधिले घृणाको पात्र बने । उनका ट्वीटहरू निकै विवादास्पद हुने गरेका छन् । ‘ऊ बाबुजत्तिको स्मार्ट रहेनछ,’ आईएमडीबीले लेखेको छ, ‘यो बच्चालाई के भएको होला ?’

फिफ्टी फोर लिस्टमा पप क्विन म्याडोना २९ औं नम्बरमा परेकी छन् भने लेडी गागा ३२ औं स्थानमा । ‘मोस्ट हेटेड सेलेब्रिटज अफ अल टाइम’ को सूचीमा एन्जेलिना जोलीको नाम ३५ औं नम्बरमा देखिँदा गायक जोन मेयर ४० औं स्थानमा थिए । अभिनेत्री निकोल किडम्यान ४६ औं, जेनिफर एनिस्टोन ५१ औं र अनिभेता एस्टन कुचेर ५४ औं नम्बरमा परेको पाइयो । कार्दसियन परिवारका किम, ख्लोई, रब र कर्टी गरी चार सदस्य हेटेस्टको सूचीमा देखिए ।

द टप टेन डटकमले पनि ‘सर्वाधिक घृणा गरिएका सेलेब्रिटी’ को तालिका निकालेको छ । त्यसमा जस्टिन नै एक नम्बरमा छन् । त्यसले लेखेको छ, ‘गाँजा खाने, छिमेकीलाई दु:ख दिने, कम उमेरमै मद्यपान गर्ने बानीले जस्टिनको छवि बिगारेको छ ।’ किम र कान्य दम्पतीलाई मन नपराउनेहरू थुप्रै छन् । यसको सूचीमा पेरिस हिल्टन, निकी मिनाज, रेबेका ब्ल्याक र ग्वेनेथ पाल्ट्रो परेका छन् ।

‘शाकाहारी अभियान चलाएकी किम आफैं मासु खाइरहेकी भेटिइन्,’ वेबसाइटमा लेखिएको छ, ‘यो त शाकाहारी समुदायमाथि छुरा प्रहार गरेजस्तो भएन र ?

कान्तिपुर बाट सभार ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL