Breaking News Sunday, 12 Nov, 2017
Prestige Media

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

चितवन– नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ । अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ । अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुने छ ।

‘बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म सडकमा गाडीको चापको अवस्था हेरेर बीच बीचमा हामी गाडी रोक्दै काम गर्ने निधोमा पुगेका छौं,’ नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए । यसरी गाडी रोक्दा एक ढेड घण्टासम्म रोक्ने र छाड्ने प्रबन्ध मिलाएको उनले बताए । सडकमा खस्ने अवस्थामा रहेको चट्टान झार्न शनिबार सो सडक दिनभर बन्द थियो ।

अघिल्ला वर्षहरुमा कम्तिमा छ घण्टा लगातार सडक बन्द गरेर निर्माणको काम हुने गर्दथ्यो । यो पटक चुनाब सुरु भएका कारण मतदाताहरुलाई आवत जावतमा समस्या पर्ने देखेर लगातार बन्द गर्न गाह्रो भएको हो । ‘मतदाताको आवत जावतको विषय मात्रै नभएर निर्वाचन सम्बन्धि अन्य कामका लागि पनि अहिल्यै लगातार रुपमा बन्द गर्न नसकिने अवस्था रहयो’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने ।

यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहोर दोहोर गर्छन् । हालः साढे पाँच किलो मिटर चौडा यो सडकलाई एसियाली स्तरको दुई लेनको बनाउन नौदेखि ११ मिटर चौडा बनाइँदैछ । सन् २०१५ को अप्रिलमा सम्झौता भएर निर्माणको काम सुरु भएको थियो । सम्झौता गर्दा दुई वर्षभित्र काम सक्ने भनिएको थियो ।

सम्झौता अनुसार सडक निर्माण पूरा हुने अवधि गत बैशाखमै हो । तर अहिलेसम्म करिब ६० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । पटक पटक म्याद थप गर्दै काम पूरा हुने अवधि आउँदो फागुनसम्म पु¥याइएको छ । तर कामको प्रगति हेर्दा सो समयमा पनि निर्माण सम्पन्न हुने आधार देखिएको छैन ।

‘निकै असजिलो ठाउँको पहाड काट्न बाँकी नै छ । लगभग अझै पनि आठ सय मिटर जति पहाड काट्ने काम बाँकी नै रहेका कारण गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी खनालले भने । गाडी रोक्दा जुगेडी नजिकको भतेरी जंगल, गाइघाटदेखि केराबारीबीचको क्षेत्र, सिमलतालदेखि भालु ढुंगासम्मको इलाका र मुग्लिन बजारमा रोक्ने व्यवस्था मिलाएको उनले बताए ।

नारायणगढ मुग्लिन सडक ३६ किलो मिटर लामो छ । अहिले ३३ किलो मिटरमा विस्तारको काम भइ रहेको छ । गाडी नरोकिदा पनि यो दूरीको सडक पार गर्न घण्टौं लाग्ने पर्छ । बीच बीचमा एक घण्टा डेढ घण्टा रोक्न थालेपछि सो सडक हुँदै यात्रा गर्नु पक्कै पनि सहज नहुने देखिएको छ । सडक आयोजना कार्यालयले सम्भव भएसम्म वैकल्पिक मार्ग हुँदै जान अपिल गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL