मनोरञ्जन
Saturday, 20 May, 2017
मोहनी लगाउन यस्तो तरिका (हेर्नुस भिडियोमा)
काठमाडौं 6 जेठ । पछिल्लो समय निकै आशा लाग्दा मोडल तथा कलाकारहरु साङगीतिक क्षेत्रमा प्रवेश गरेका छन । पछिल्लो समय बनेका अधिकांश म्युजिक भिडियोमा कुशल कलाकारहरुको अभिनय रहदै आएका कारण केही म्युजिक भिडियोहरु हेर्दा छुट्टै प्रकारको आनन्दको आभास गराइरहेका छन ।
त्यही मध्ये भर्खरै सार्वजनिक भएको ‘सम्बन्ध’ गीती एल्वममा समावेश गरिएको ‘लाइ दिउ की’ बोलको गीतको म्युजिक भिडियो पनि पर्दछ । निकै मेहनतका साथ आकर्ष तरिकाबाट बनाइएको म्युजिक भिडियो यतिबेला चर्चामा छ । एकान्त मगरको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा निर्देशक तथा कलाकार अर्जुन खड्काको निकै आकर्षक अभिनय देखाइएको छ ।
खडकाका साथमा मोडल सृष्टि भण्डारी र शान्ति वाइवाको अभिनय रहेको छ । सोनम बाज्युको स्वरमा रहेको उक्तलाई गायक स्वयमले संगीत दिएका छन ।
हेर्नुस भिडियो https://youtu.be/pCvLaETl9q4







