Breaking News Monday, 6 Mar, 2017
Prestige Media

तालको संरक्षणका लागि सरकार गम्भीर : मन्त्री शाही

काठमाडौँ, २३ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकको आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका ताल संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दिगो पर्यटन प्रवद्र्धनका लागि ताल तथा सिमसार संरक्षण’ विषयक कार्यक्रममा मन्त्री शाहीले तालको संरक्षण भए मात्र नेपालमा धेरै पर्यटक भित्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयका पाठ्यक्रममा ताल तलैयाको संरक्षणका विषय समावेश गर्नुपर्छ ।”

मन्त्री शाहीले सरकारको पहलमा नै राष्ट्रिय ताल संरक्षण विकास समिति स्थापना भएको छ भन्दै तालको संरक्षणका लागि सम्बन्धित क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य कृष्णकुमार अर्यालले पर्यटन क्षेत्रको विकासका लागि तालको संरक्षण जरुरी रहेकाले यसका लागि समितिसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष नानीकाजी थापाले ताल तथा सिमसार क्षेत्रको विकास, विस्तार र संरक्षण र प्रवद्र्धनको क्षेत्रमा व्यापक जनजागरण सृजना गर्नका लागि फागुन २३ लाई राष्ट्रिय ताल दिवस मनाउन आग्रह गर्नुभयो ।

हाल नेपालमा पाँच हजार तीन सय ५८ प्राकृतिक ताल रहेकामा ५१ प्रतिशत तराई, आठ प्रतिशत पहाड र ४१ प्रतिशत हिमाली भागमा ताल रहेका छन् । त्योमध्ये सबैभन्दा धेरै हुम्लामा मात्र तीन सय ८१ ताल रहेको समितिले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL