Breaking News Monday, 6 Mar, 2017
Prestige Media

देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव

ललितपुर, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।”

सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको छ भन्नुभयो ।

आफूले सो तालिम लिएको स्मरण गर्दै उहाँले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोे¥याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–“भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिनेछ ।”

अहिलेको मुलुकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा आफूले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको बताउँदै उहाँले भन्नुभयो– “शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्ति नीति निर्माण तहमा पहँुच राख्न नसक्ने हुँदा अथाह सम्भावनाका बाबजुद पनि मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।”

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवा जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, अनुशासन, देशभक्तप्रति प्रतिबद्ध तुल्याउँदै नेतृत्व विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सङ्गठनले सञ्चालन गर्दै आएको तालिमबाट हालसम्म २६ हजार ८०० छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो ।

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आर्दश लिएर २०२२ कात्तिकमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ ।

यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५६५ र उच्चमाध्यामिकस्तरका ४३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ ।

सेवा दलले नवलपरासी, सुनसरी र बाँकेमा छात्रछात्राका लागि २१ दिने ामूहिक नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । आजको दीक्षान्त समारोहमा उपत्यकाका नौ विद्यालयका छात्रछात्राको सहभागिता थियो । सैनिक नागरिकबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला र कडीको यो तालिमलाई हेरिँदै आएको छ ।

युवा पुस्तामा राष्ट्रिय सेवा दलद्वारा प्रदान गर्ने तालिमको लोकप्रियता र माग बढेकाले आगामी दिनमा मुलुकका ७५ जिल्लामा विस्तार गरिने सो अवसरमा जानकारी दिइयो ।

सेवा दलले उक्त तालिममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई युवा आदानप्रदान कार्यक्रममार्फत भारत, बङ्गलादेश र श्रीलङ्का पठाउने गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले समारोहमा तालिममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई दज्र्यानी चिन्ह्र प्राप्त गर्नुका साथै पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्कने गीत सङ्गीत र कला प्रस्तुत गरियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL