Breaking News Sunday, 5 Mar, 2017
Prestige Media

समुदायमै प्राविधिक शिक्षा, गाउँमै रोजगारी

उर्लाबरी (मोरङ), २२ फागुन । “रक्तचाप जाँच गर्न स्थानीय स्वास्थ्य क्लिनिकमा जाँदा हाम्रै संस्थामा पढेका स्वास्थ्य सहायक भेटेँ । मैले त ख्यालै गरेको थिइन, उनले नै परिचय दिएर सम्झाए, त्यसबेला निकै गौरव महसुुस भयो ।”
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक विनोद अर्यालसँग प्रतिष्ठानले चलाएका रोजगारमूलक प्राविधिक शैक्षिक कार्यक्रमको सकारात्मक प्रभावका यस्ता उदाहरण धेरै छन् । स्थानीय मङ्गलबारे अस्पतालका ती स्वास्थ्य सहायक प्रकाश दुलाल उर्लाबारीमा सो प्रतिष्ठान नभएको भए सायद गाउँमै प्राविधिक शिक्षा पढेर त्यहीँको समुदायलाई सेवा दिने व्यवसायमा आबद्ध हुन पाउने थिएनन् ।

आत्मनिर्भर सभ्य समाज स्थापनाको दूरदृष्टि बोकेको समुदायस्तरमा स्थापित प्रतिष्ठानबाट स्वास्थ्य सहायक र अन्य प्राविधिक विषयमा उत्तीर्ण विद्यार्थीले स्थानीय बजारमा राम्रै रोजगारी पाएका छन् । नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको स्मृतिमा विसं २०५० मा स्थापित सो प्रतिष्ठानले हालसम्म विभिन्न प्राविधिक र व्यावसायिक शिक्षामा हालसम्म करिब आठ सय यस्ता जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रतिष्ठानले मोरङ र झापाका विभिन्न स्थानमा आफ्नै जग्गा र भवन लिई यस्ता शैक्षिक एवम् सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले स्वास्थ्य विज्ञान तथा इन्जिनियरिङ, कृषि विज्ञान तथा पशु स्वास्थ्य, नर्सिङ, प्राविधिक प्रवेशिका शैक्षिक कार्यक्रम सञ्चालन गरेर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई सुलभ र छात्रवृत्तिमा शिक्षा दिइरहेको छ ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका ती कार्यक्रममा करिब दुई सय ५० विद्यार्थी छन् । ती सबै विषयमा स्नातक तहका कार्यक्रम र प्रौद्योगिक विश्वविद्यालय स्थापनाको योजना अघि सारिएको छ ।

प्रतिष्ठानले “आऊ, सिक, काम गर, कमाऊ अनि तिर” र “अर्काे मित्रलाई प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर” भन्ने नारा तय गरेर त्यहाँ पढ्न प्रवेश परीक्षामा छानिएकाहरुका लागि अर्थाभावका कारण पढ्नबाट वञ्चित गराउँदैन । कार्यकारी निर्देशक अर्यालका अनुसार ती विद्यार्थीले पढेर जागिर खाएको रकमले कम्तीमा अर्काे एक विद्यार्थीलाई आगामी दिनमा पढाउने खर्चको जिम्मा लिएर आफूले निःशुल्क पढ्न पाउँछ । वार्षिक रु १२ करोडको बजेट रहेको प्रतिष्ठानले त्यस्ता लक्षित वर्ग प्राविधिक शिक्षा, शैक्षिक उपहार तथा ऋण कार्यक्रम सञ्चालन गरेको छ ।

यसका लागि खडा गरिएको कोषले सीमान्तकृत, अल्पसङ्ख्यक तथा पछाडि पारिएका आदिवासी, जनजाति, दलित समुदायका सबैभन्दा गरिब लक्षित वर्गलाई घुम्ती ऋण कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थी छनोटको वैज्ञानिक आधार रहेकाले अर्यालले त्यसमा कुनै राजनीतिक पूर्वाग्रह वा भनसुन नहुने उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिष्ठानले सामुदायिक वनमा जडीबुटी लगाउनेसम्बन्धी तालिम पनि दिँदै आएको छ । सोका लागि सिंहदरबार वैद्यखाना, वन विभाग, स्वामी कृष्णदास, मोदनाथ प्रश्रित, सामुदायिक वन राष्ट्रिय उपभोक्ता महासङ्घलगायत संस्था, निकाय र व्यक्तिसँग कार्यशाला गरिसकेको छ ।

प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले उर्लाबारीमा जननेता भण्डारीको सङ्ग्रहालय, जलबगैँचा र उद्यान स्थापना सुरु गरेको जनाउँदै अन्य जिल्लामा पनि नमुना गाउँ र मदनग्राम जस्ता समुदायको जीवनस्तरका लागि प्राविधिक सीप र स्रोतको समुचित परिचालनका कार्यक्रम अघि बढाएको बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL