Breaking News Wednesday, 1 Mar, 2017
Prestige Media

संविधान संशोधन पारित हुन दिइन्न : अध्यक्ष ओली

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ ।

एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न मात्र दिन प्रधानमन्त्रीको आग्रहका आधारमा प्रस्तुत गर्ने दिन मौन विरोध गरिएको स्मरण गराउनुभयो ।

उहाँले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भन्नुभयो, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुप¥यो ?”

एमाले मधेस विरोधी छ भनेर जनतामा भ्रम फैलाइएको गुनासो गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले सम्भवतः अहिलेसम्मकै बढी बजेट मधेसमा विनियोजन गरेको दाबी गर्नुथियो ।

उहाँले भन्नुभयो, “संविधान संशोधन नहुँदा जनता अधिकारविहीन हुन्छन् भनेर सिकाइएको छ तर जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध छैन । उल्टै स्थानीय तहको अधिकार कटौतीका प्रस्ताव ल्याइएको छ ।”

पृथ्वीनारायण शाहले गरेको राष्ट्रिय एकता अभियान जस्तै राष्ट्रिय जागरणका निम्ति अभियान सुरु गर्न लागिएकाले यसमा सबैको सहभागिताका लागि उहाँले आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अभियान बिथोल्ने प्रकारको अभिव्यक्ति दिएका सन्दर्भमा आपत्ति जनाउँदै सरकारको काम शान्ति सुरक्षा दिनु भएकाले त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सत्ता पक्षभित्रै कोही निर्वाचन चाहने र कोही हुन नदिने पक्ष रहेको उल्लेख गर्दै उहाँले तराई–मधेस केन्द्रित दलका ११ सांसद मात्र रहेको सन्दर्भमा उनीहरुले जे चाहे त्यो संशोधन हुन नसक्ने जिकिर गर्दै भन्नुभयो, “लोकतन्त्रमा संविधान विपरीतका संशोधन प्रस्ताव ल्याएर अराजकता ल्याउन खोजिएको छ, जुन राष्ट्रिय हित र स्वार्थ विपरीत छ । निर्वाचनमा जाऔँ । लोकतान्त्रिक अभ्यासबाट आउने परिणामलाई सबैले स्वीकार्नुपर्छ, अहिले हामी दन्तबझान गर्दैनौँ, निर्वाचनकै मैदानमा भेटौँला ।”

महासचिव ईश्वर पोखरेलले संविधानको पक्षमा लाग्न किन जरुरी छ भनेर जनतालाई बताउन र राष्ट्रिय स्वाभिमानमा कतैबाट आँच आउन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले अभियान समापनको बिन्दुमा पुग्दा राष्ट्रिय जागरण अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियान कसैका लागि दुष्मनी साध्न नभई राष्ट्रियताका पक्षमा मित्रता बढाउनका लागि गरिएको बताउनुभयो ।

एमालेका अध्यक्ष र केन्द्रीय नेतासहितको सहभागितामा फागुन २१ गते झापाको काँकडभित्ताबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावको’ नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL